काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघकोको नेतृत्वमा दलहरुबीच भागबण्डा मिलेको छ । ३ दिनदेखि काठमाडौंमा चलिरहेको महासंघको नयाँ अध्यक्ष काँग्रेसले र महासचिव एमालेले पाउनेगरी भागबण्डा मिलेको हो ।
यसअनुसार काँग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेलाई पठाएको छ । उता महासचिवमा भने एमालेले स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापालाई छानेको छ ।
कोषाध्यक्ष भने माओवादीको भागमा परेको छ । सो पदमा माओवादीले नाम टुंग्याएको छैन । पदाधिकारीमा पनि दलहरुले पाएको भागअनुसार अन्तिम नाम टुंग्याउन बाँकी नै छ ।
स्थानीय तहको नयाँ निर्वाचन भएसँगै खाली रहेको महासंघको नेतृत्वमा अहिले निर्वाचन भएको हो । देशभरका ४६० गाउँपालिकाहरु महासंघको सदस्य रहने व्यवस्था छ । नगरपालिकाको भने छुट्टै संघ छ ।



