images
images

एकैदिन ३४ सय भन्दा बढी सवारी चालक कारवाहीमा


  • 250
    SHARES
  • २०७९ मंसिर २७ गते मंगलबार

    एकैदिन ३४ सय भन्दा बढी सवारी चालक कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा एकैदिन ३ हजार ४ सय ८० जना सवारी चालक कारवाहीमा परेका छन् । टाफिक नियम उल्लङ्घन गरेको कारणले उनीहरुलाई सोमबार उपत्यकाको विभिन्न स्थानबाट कारवाही गरिएको काठामाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय ६५ जना, लेन अनुशासन पालना नगर्ने १ सय जना, रेड लाइडमा सवारी साधन चलाउने ५० जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७० र नम्बर प्लेट राम्रोसँग नराख्ने ९० जना चालक रहेका छन् । यस्तै ३ हजार ५ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo