काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्न भएकाे छ । जसका लागि हाइड्रोपावरले नागरिक लगानी कोषलाई बिक्रि प्रबन्धक र सनराइज क्यापिटललाई सह बिक्रि प्रबन्धक नियुक्त गरेको हो ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १ः१ को अनुपातमा अर्थात (१ कित्ता शेयर बराबर १ कित्ता शेयर) का दरले शतप्रतिशत हकप्रद जारी गर्न लागेको हो । कम्पनीले प्रति शेयर १०० रुपैयाँको दरले हुने आउने १० करोड ५९ लाख कित्ता हकप्रद साधारण शेयरको हुने रकम १० अर्ब ५९ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
नागरिक लगानी कोष र अपर तामाकोशी हाइड्रोपावर लिमिटेड बीच हकप्रद शेयर निष्काशन तथा विक्री प्रबन्ध सेवा प्रदान गर्नको दुइ पक्षिय सम्झौता–पत्रमा हस्ताक्षर भएको छ ।