काठमाडौं । नागरिक लगानी कोषले १ अर्ब २५ करोड २२ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । १ बर्षे मुद्दती निक्षेपमा नागरिक लगानी कोषले लगानी गर्ने भएको हो ।
यस्तो निक्षेप स्वीकार गर्न कोषले ‘क’ वर्गका वाणिज्य बैंकलाई ब्याजदर र निक्षेप स्वीकार गर्ने रकमसहित प्रस्ताव पेश गर्न भनेको छ । बैंकहरुले मंसिर २७ गते बिहान १ बजेसम्म सिलबन्दी बोलपत्रमार्फत् यस्तो प्रस्ताव पेश गर्न सक्नेछन् ।
