images
images

बङ्गलादेशमा अत्यावश्यक खाद्य वस्तुको एलसीको सीमा दर घटाउन केन्द्रीय बैंकको निर्देशन


  • 320
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    बङ्गलादेशमा अत्यावश्यक खाद्य वस्तुको एलसीको सीमा दर घटाउन केन्द्रीय बैंकको निर्देशन

    एजेन्सी । बढ्दो मुद्रास्फीतिलाई मध्यनजर गर्दै देशका सबै वाणिज्य बैंकहरुलाई विभिन्न आठ वटा खाद्य वस्तुका लागि प्रतीत पत्र (एलसी) को व्यवस्थापनका लागि सुरूआती सीमा दरमा छुट दिन बङ्गलादेशको केन्द्रीय बैंकले सोमबार निर्देशन दिएको छ । 

    बङ्गलादेश बैंकले आइतबार एक पत्र जारी गर्दै आगामी इस्लामी पवित्र महिना रमजानमा खाद्यवस्तुको मूल्य उपभोक्ताको पहुँचमा राख्ने उद्देश्यले यस्तो निर्देशन दिएको जनाएको छ ।

    दरमा छुटका लागि निर्देशन दिइएका खाद्यवस्तुमा तेल, चिनी, चना, दाल, गेडागुडी, प्याज, खजूर र मसलालगायत रहेका छन् । 

    बैंकले विदेशी मुद्राको घट्दो सञ्चितिलाई जोगाउन आयातलाई सीमित गर्ने उद्देश्यले ऋणपत्रको व्यवस्थापनका लागि सुरूआती सीमा दर ७५ प्रतिशत कायम गरेको छ । 

    एलसी सीमा दरलाई उत्पादनका लागि सबैभन्दा कमस्तरमा राख्दा खाद्य पदार्थको मूल्यवृद्धिमा कमी आउने र रमजानको समयमा खुद्रा मुद्रास्फीति कम गर्न मद्दत पुग्ने बैंकले जनाएको छ ।

    बङ्गलादेशको मुद्रास्फीति अगस्टमा १० वर्षयताकै उच्च ९.५२ प्रतिशतमा पुगेको थियो भने अक्टोबरमा ८.९१ प्रतिशत रहेकोमा नोभेम्बरमा घटेर ८.८५ प्रतिशतमा झरेको छ । नोभेम्बर, अक्टुबर र सेप्टेम्बरमा देशको मुद्रास्फीति दरमा क्रमशः कमी आएको छ । मूल्य वृद्धिको कारण रूस युक्रेन युद्ध, कोभिडका कारण थला परेको अर्थतन्त्र व्यवस्थापन, ऊर्जा सङ्कटलगायतलाई मानिएको छ ।


    images
    images

    Logo