images
images

यस्ता छन् मंसिर २५ गते बसेको मन्त्रिपरिषद्को ७ निर्णयहरु 


  • 455
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    यस्ता छन् मंसिर २५ गते बसेको मन्त्रिपरिषद्को ७ निर्णयहरु 

    काठमाडौं । नेपाल सरकारको मंसिर २५ गते आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ वटा निणर्यहरु गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक संस्थान सुझाव समितिलाई थप प्रभावकारी र समावेशी बनाउन दुई जना महिला सदस्य गर्ने निर्णय गरेको छ । 

    त्यस्तै, गोदक–सोयक १ सय ३२ के.भी प्रसारण आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ । मूलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्ने समाननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । 

    त्यस्तै, राजपत्राङ्किक प्रथम श्रेणीका सहसचिव राम आधार साहलाई नेपाल इञ्जिनियरिङ सेवाको समुहकरण तर्फको राजपत्राङ्किक प्रथम श्रेणीमा बढुवा गरि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव पदमा पदस्थापना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका नेपाल इञ्जिनियरिङ सेवाको समुहकरण तर्फका सचिव सुरेश आर्चायलाई सहरी विकास मन्त्रालयको सचिव पदमा सरुवा गर्ने निर्णय गरेको छ । 

    2079-08-26_page-0001.jpg


    images
    images

    Logo