images
images

प्राधिकरणले सुरु गर्यो भारतबाट विजुली आयात, नेपालको आपूर्ति क्षमताको आधा


  • 265
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    प्राधिकरणले सुरु गर्यो भारतबाट विजुली आयात, नेपालको आपूर्ति क्षमताको आधा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारबाट विद्युत आयात सुरु गरेको छ । नदीमा पानीको बहाव घटेर उत्पादन कम भएपछि तथा जाडोका कारण ग्राहस्र्थ विद्युतको माग उच्च भएपछि प्राधिकरणले विजुली किन्न थालेको हो । 

    करिव २२ सय मेगावाट क्षमता रहेको नेपालको उत्पादन सुख्खायामको कारण घटेर आधाभन्दा तल झरेसँगै माग भन्दा आपूर्ति कम हुन पुगेको छ । यस्तो अवस्थामा आन्तरिक माग धान्न विद्युत आयात गरिएको प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका प्रबक्ता सुरेश भट्टराईका अनुसार अहिले आन्तरिक आपूर्ति हजार मेगावाटको हाराहारीमा मात्रै छ । पिक आवरमा माग यो भन्दा धेरै भएपछि प्राधिकरणसँग आयात बाहेक अर्को विकल्प नभएको उनले बताए । यद्यपि पिक आवरको समयमा भने अहिलेपनि विद्युत वचतकै अवस्था छ । यो विजुली भारत निर्यात भइरहेको छ । 

    आयातर निर्यातको यो अवस्था अहिले बराबर जस्तै रहेकोले प्राधिकरणले विद्युत खरिदको लागि थप रकम पठाउनुपर्ने अवस्था भने छैन । तर सुख्खायाम बढदै जादाँ भने यो अवस्था नरहने प्राधिकरणको भनाइ छ । नेपालले चालु आर्थिक बर्षको पहिलो ३ महिनामा भारतमा करिव ६ अर्ब रुपैयाँको विजुली विक्री गरेको थियो । सोही कारण प्राधिकराण्को नाफा सो अवधिमा ८ अर्ब रुपैयाँ नाघेको थियो । सुख्यायामसँगै खुद निर्यात नकारात्मक हुने र स्वतन्त्र उर्जा उत्पादक लाई भुक्तानी गर्नुपर्ने प्रतियुनिट लागत समेत बढ्ने भएकोले तुलनाम्मक रुपमा यो अवधिमा नाफा घट्ने अवस्था देखिन्छ । 


    images
    images

    Logo