काठमाडौं । काठमाडौं महानगरपालिकाले मंसिर २९ गते २८ औं महानगर दिवस मनाउने भएको छ । महानगरपालिकाले महानगर दिवसको अवसरमा सप्ताहव्यापी मनाउन लागेको हो । यसका साथै २८ महानगर दिवसको अवसरमा आ–आफ्नो कार्यालयमा दीपावली गर्न महानगरले आग्रह गरेको छ ।
यस बर्ष महानगरपालिकाले २८ औँ महानगर दिवसका सप्ताहव्यापी कार्यक्रम आयाेजना गरेर मनाउन लागेकाे छ जसमा पहिलाे दिन नदी सफाई गरेकाे थियाे भने दाेसाे दिन कर्मचारी स्तरीय हाजिरी जवाफ प्रतियोगिता भएको थियो ।
त्यस्तै महिला कुर्सी दौड प्रतियोगिता गरेकाे थियाे भने आज जनप्रतिनिधि र कर्मचारीबीच दशरथ रंगशालमा फुटबल प्रतियोगिता भएको हो । जसमा जनप्रतिनिधि र कर्मचारी बीचको खेल भएको थियो । जसमा जनप्रतिनिधिको टिम पराजित भएको छ ।