images
images

नेप्सेको ओरालो यात्रामा ब्रेक, २ कम्पनीको शेयर मूल्यमा सर्किट


  • 346
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    नेप्सेको ओरालो यात्रामा ब्रेक, २ कम्पनीको शेयर मूल्यमा सर्किट

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को ओरालो यात्रामा ब्रेक लागको छ । अघिल्लो साताकाे साेमबारदेखि यस साताकाे आइतबारसम्म घटेकाे शेयर बजार आज साताको दोस्रो कारोबार दिन सकरात्मक देखिएपछि ओरालो यात्रामा ब्रेक लागेको हो ।  

     नेप्से परिसुचक १६.९६ अंकले बढेर १ हजार ९ सय २ दशमलव २८ बिन्दुमा पुगेको हो । बजारमा आज २ सय ४५ वटा स्क्रिपको १ अर्ब ३६ करोड बराबरको ४४ लाख कित्ता शेयर कारोबार भएको छ । १ सय ५८ वटा कम्पनीको शेयर मुल्य बढ्दा ४१ वटा कम्पनीको शेयर मुल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर मुल्य स्थिर रहेको छ ।

    साताको दोस्रो दिन २ कम्पनीका शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । समिट लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको  शेयर मुल्यमा सकारात्मक सर्किट लागेको हाे । सोमबार कारोबारमा आएका १३ उपसमूहमा बैंकिङ्ग बाहेकका १२ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्।

    आज सबैभन्दा धेरै नविल बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ११ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कुमारी बैंकको १० करोड ९८ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । शिवम् सिमेन्टको ६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


    images
    images

    Logo