images
images

२०७ जना सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा


  • 371
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    २०७ जना सवारी चालक ट्राफिक प्रहरीको कारवाहीमा

    काठमाडौं । काठमाडौं उपत्यकामा आज अथात मंसिर २६ गते बिहान भएको विद्यार्थी सुरक्षा लक्षित विशेष चेकिङको क्रममा २ सय ७ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

    जसमा सवारी चालक अनुमति पत्र नभई सवारी चलाएका ३ जना ,कागजपत्र साथमा नलिई सवारी चलाउने १२ जना र अन्य कसुरमा ३ जना विद्यार्थी चालकलाई कारवाही गरीएको छ । यसका साथै  ट्राफिक नियम उल्लघन गर्ने अन्य  १ सय ८९ जना सवारी साधनका चालकहरुलाई पनि ट्राफिक प्रहरीले कारवाही गरेको हो । 

    दुर्घटना न्युनिकरण तथा सवारी आवागमन सहज बनाउन  ट्राफिक प्रहरीले विशेष चेकजाँच गर्दै आएको छ । सहज र सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना गर्न चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंवम् प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन् । 


    images
    images

    Logo