काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । सोमबार राष्ट्र बैंकले सो लाभांश वितरणका लागि स्वीकृत दिएको हो । बैकले ४.७५ प्रतिशत बोनस शेयर र ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकले आफ्नो वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीलाई लाभांस वितरण गर्ने भएको छ ।सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १२औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा पुष १४ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ९ बजे बस्ने निर्णय गरेको हाे ।
