images
images

निरन्तर उकालो लागेको सुनको मूल्यमा लाग्यो ब्रेक, कतिमा हुँदैछ आजको कारोबार ?


  • 299
    SHARES
  • २०७९ मंसिर २६ गते सोमबार

    निरन्तर उकालो लागेको सुनको मूल्यमा लाग्यो ब्रेक, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा निरन्तर उकालो लागेको सुनको मूल्यमा ब्रेक लागेको छ । सोमवार छापावाला सुनको मूल्य १ लाख २ सय रुपैयाँ कायम भएको छ । 

    आइतवार प्रतितोला १ लाख ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख २ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै तेजावी सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo