images
images

आईपीओ जारी गर्दै सनिगाड हाइड्रो, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त


  • 456
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    आईपीओ जारी गर्दै सनिगाड हाइड्रो, बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

    काठमाडौं । सनिगाड हाइड्रोले आईपीओ निष्कासन गर्ने भएको छ । ललितपुरको धोवीघाटस्थित रजिष्टर्ड कार्यालय रहेको हाइड्रोले सर्वसाधारणलाई ६७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

    कम्पनीले शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यपिटललाई नियुक्त गरेको छ । सो सम्झौतामा कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेतका लागि शेयर निष्काशन गर्न लागेको हो ।

    जारी पूँजी २ करोड २५ लाख रुपैयाँ रहेको सनिगाड हाइड्रोको विद्युत उत्पादनको क्षमता ३८.४६ मेगावाट रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केहि साता भित्र विद्युत उत्पादन हुने कम्पनीले जनाएको छ ।


    images
    images

    Logo