images
images

भोलीदेखि निर्वाचन आचारसंहिता फुकुवा


  • 355
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    भोलीदेखि निर्वाचन आचारसंहिता फुकुवा

    काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ ।

    आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताए ।


    images
    images

    Logo