images
images

पुस १ देखि लागु हुँदैछन् राष्ट्र बैंकका यी २ व्यवस्था


  • 607
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    पुस १ देखि लागु हुँदैछन् राष्ट्र बैंकका यी २ व्यवस्था

    काठमाडौं । खुला बजार कारोबार विनियमावली र  खुला बजार कारोबार सम्बन्धी कार्यविधि पुस १ गतेदेखि लागु हुने भएकाे छ । नेपाल राष्ट्र बैंकले आइतबार एक सुचना जारी गर्दै नेपाल राष्ट्र बैंक खुला बजार कारोवार विनियमावली (दोश्रो संशोधन २०७९), २०७८ र नेपाल राष्ट्र बैंक खुला बजार कारोवारसम्बन्धी कार्यविधि (दोश्रो संशोधन २०७९), २०७८ पुस १ गतेदेखि कार्यान्वयनमा आउने जनाएको हो।

    राष्ट्र बैंकले खुला बजार कारोबार तथा व्याजदर करिडोरसम्बन्धी उपकरणहरुको प्रयोगका सम्बन्धमा नेपाल राष्ट्र बैक, खुला बजार कारोवार विनियमावली (दोश्रो संशोधन २०७९), २०७८ र नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि (दोश्रो संशोधन २०७९), २०७८ जारी गरेको थियो । यी विनियमावली र कार्यविधि  पुस १ गतेदेखि लागु हुने भएका हुन् ।

    माष्टर रिपर्चेज एग्रीमेण्ट तथा सुरक्षणपत्र धितो कारोबारसम्वन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई उपरोक्त विनियमावली तथा कार्यविधिमा गरिएको संशोधित व्यवस्थाहरुको पूर्ण कार्यान्वयन गर्ने बैंकले निर्देशन दिएको छ ।

    OMTOC-Notice_page-0001.jpg


    images
    images

    Logo