काठमाडौं । नेपाल राष्ट्र बैंकले १३ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार सो रकम बराबरको ट्रेजरी विल जारी गर्न लागेको हो ।
बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ५ अर्ब रुपैयाँ र १८२ दिनको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।
त्यस्तै, ३६४ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल २८ दिनको पुस २६ गते परिपक्क हुनेछ भने ९१ दिनको अगामी फागुन ३० गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको आगामी जेठ ३० गते परिपक्क हुनेछ भने ३६४ दिनको अगामी मंसिर २६ गते परिपक्क हुनेछ ।
यो ट्रेजरी विल सोमबार दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।



