काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३१.९७ अंकले बढेर १ हजार ८ सय ८५.३१ अंकमा झरेको छ । २ सय ५३ स्क्रिपको १ अर्ब १० करोड रुपैयाँ बराबरको ३५ लाख १२ हजार कित्ता शेयर किनबेच भएको छ ।
२५ कम्पनीको शेयर मूल्य बढेको छ । १ सय ८० कम्पनीको शेयर मूल्य घटेको छ भने ३ कम्पनीको शेयर मूल्यका सिथर आएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.३० प्रतिशत घटेको छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको १० करोड ९३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।