ललितपुर । ललितपुर महानगरपालिकाले २ वर्ष अघिदेखि साधारण सभा नगर्ने सहकारीहरु लाई खारेजी गर्ने चेतावनी दिएको छ । महानगरले २ वर्ष अघिदेखि सभा नगर्ने लेखा परीक्षण नगराउने र विवरण अद्यावधिक नगर्ने सहकारी संस्थाहरु खारेज गर्ने भएको भएको हो।
महानगरले त्यस्ता सहकारीहरुलाई ३५ दिन भित्र लिखित कारणसहित उपस्थित हुन समेत निर्देशन दिएको छ।
महानगरले सहकारी संस्थालाई २०७९ पुस भित्र अनिवार्य रुपमा सभा गरि सभा सकिएको १५४ दिनधित्र वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण समेत महानगरमा बुझाउन निर्देशन दिएको छ ।
यदि सहकारी संस्थाहरुले सभा नै नगरि प्रतिवेदन पेस गरेमा महानगरले जरिवानासहित पुनः साधारण सभा गराउने चेतावनीसमेत दिएको छ।