काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य आजपनि बढेको छ । आइतवार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ तोकिएको छ ।
गत शुक्रवार प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख रुपैयाँ तोकिएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ४ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।