images
images

पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक सेमिफाइनलमा


  • 275
    SHARES
  • २०७९ मंसिर २५ गते आइतबार

    पोर्चुगललाई पराजित गर्दै मोरक्को पहिलो पटक सेमिफाइनलमा

    काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगललाई पराजित गर्दै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ ।

    कतारको दोहास्थित अल थुमा रङ्गशालामा आज भएको क्वार्टरफाइनल खेलमा पोर्चुगललाई १–० गोलअन्तरले पराजित गर्दै अफ्रिकी राष्ट्र मोरक्को सेमिफाइनलमा पुगेको हो । 

    मोरक्कोका लागि खेलको ४२औँ मिनेटमा युसुफ एन नेसरीले गरेको गोल निर्णायक बन्यो । मोरक्को दोस्रो हाफको अत्तिरिक्त समयमा १० खेलाडीमा सीमित बनेको थियो । अत्तिरिक्त समयको तेस्रो मिनेटमा मोरक्कोका वालिद चेदिरा दोस्रो पहेँलो कार्डपछिको रातो कार्ड पाएर मैदान बाहिरिएका थिए । 

    मोरक्कोले सेमिफाइनलमा आजै राति १२ः४५ बजे हुने फ्रान्ससँग खेल्नेछ ।


    images
    images

    Logo