काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिबाट पाएका १३ जना सांसदको नाम टुङ्गो लगएको छ । शनिबार बसेको बैठकले १३ जनाको नामावली टुङ्गो लगाएका हुन् ।
संघीय संसद्मा समानुपातिकतर्फ डा ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर र सुमना श्रेष्ठ, डा चन्दा कार्की, डोलप्रसाद अर्या, निशा डाँगी, विनीता कठायत, सन्तोष परियार र शिव नेपाली, लक्ष्मी तिवारी, मनिष झा, अशोक चौधरी र असिम साह चयन भएका छन् ।
रास्वपाले यसअघि नै समानुपातिक पद्धतिबाट चयन हुनेहरुको नाम करिब टुंग्याएको थियो ।