images
images

वीरगञ्ज महानगरद्वारा निजी विद्यालयहरूको वर्गीकरण , क बर्गमा कति वटा परे ?


  • 342
    SHARES
  • २०७९ मंसिर २४ गते शनिबार

    वीरगञ्ज महानगरद्वारा निजी विद्यालयहरूको वर्गीकरण , क बर्गमा कति वटा परे ?

    काठमाडौं ।  स्थानीय तहमा देशमै पहिलो पटक वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका निजी विद्यालयहरूको वर्गीकरणसँगै शुल्क निर्धारण गरेको छ ।वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका ५८ वटा निजी विद्यालयहरूको वर्गीकरण गरी शुल्क निर्धारण गरेको हो।

    जसअनुसार महानगरभित्रका ६ वटा विद्यालय ‘क’ वर्गमा, २४ वटा ‘ख’ वर्गमा, २७ वटा ‘ग’ वर्गमा र एउटा विद्यालय ‘घ’ वर्गमा परेका छन् ।महानगरमा १ सय ४८ निजी विद्यालयमध्ये ५८ वटाले मात्र स्तर निर्धारणका लागि निवेदन दिएका थिए । स्तर तथा शुल्क निर्धारणको प्रक्रियामा नआएका विद्यालय स्वतः ‘घ’ वर्गमा पर्नेछन् ।

    महानगरले ती विद्यालयले कक्षा १ देखि १२ सम्म लिन पाउने न्यूनतम शुल्क पनि तोकेको छ । जस अनुसार क वर्गका विद्यालयले नर्सरीमा मासिक शुल्क २ हजार ९३ रुपैयाँ लिन पाउनेछन् ।

    महानगरले १ महिनाको मासिक पढाइ शुल्क भन्दा बढी धरौटी नलिन, २ महिनाको मासिक शुल्क भन्दा बढी वार्षिक शुल्क नलिन, दुरीको आधारमा सवारी भाडा तय गरेर लिन, अन्य शुल्क लिनुपर्दा अभिभावक भेलाबाट पारित गरेर मात्रै लिन निर्देशन दिएको छ । तोकिएको शुल्क शैक्षिक सत्र २०७९ जेठ १ गतेदेखि लागू हुनेछ ।


    images
    images

    Logo