काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्न थालेको छ । एक साताको अवधिमा सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो भने यस साता १ हजार २ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैयाँ छ । यसैगरी, यो साता चाँदीको मूल्य समेत प्रतितोला ४५ रुपैयाँले बढेको छ । गत साताको शुक्रबार तोलामा १ हजार ३ सय ४५ रुपैयाँ रहेको चाँदीको मूल्य यो शुक्रबारसम्मा १ हजार ३ सय ९० रुपैयाँ पुगेको छ ।