काठमाडौं । कतारमा जारी विश्वकप फुटवल खेलमा आज अन्तिम दुई क्वाटरफाइनल खेल हुँदैछ । जसमा पोर्चुगल र मोरक्को तथा इंग्ल्याण्ड र फ्रान्सबीच भिड्दै छन् ।अल थुमामा स्टेडियममा हुने पोर्चुगल र मोरक्को नेपाली समयअनुसार राति ८ : ४५ मा सुरु हुने छ ।
यस्तै अन्तिम क्वाटरफाइनलमा फ्रान्स र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । अल बायत स्टेडियममा हुने फ्रान्स र इंग्ल्यान्डबीचको खेल राति १२ : ४५ बजे सुरु हुनेछ ।यसअघि हिजो भएको खेलमा अर्जेन्टिना र क्रोएसिया अन्तिम चारमा पुगिसकेका छन् ।