images
images

टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने


  • 522
    SHARES
  • २०७९ मंसिर २४ गते शनिबार

    टर्कीले काठमाडौंमा राजदूतावास खोल्ने

    काठमाडौं । टर्कीले काठमाडौंमा राजदूतावास स्थापना गर्ने भएको छ । परराष्ट्रमन्त्री डा। नारायण खड्का र टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुबीच शुक्रबार  दिउँसो भएको  टेलिफोन वार्तामा सो सहमति भएको हो । 

    वार्ताका क्रममा निकट भविष्यमा काठमाडौंमा टर्कीको राजदूतावास स्थापना गर्ने सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो अवसरमा दुई मन्त्रीबीच  द्विपक्षीय हितका विविध विषयमा समेत छलफल  भएको मन्त्रालयले जनाएको छ ।


    images
    images

    Logo