काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।
शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९४ पैसा कायम रहेको छ ।त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ३८ रुपैयाँ ६६पैसा र बिक्री दर १ सय ३९ रुपैयाँ ३९ पैसा रहेको छ ।
त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६० रुपैयाँ ८९ पैसा र बिक्री दर १ सय ६१ रुपैयाँ ६३ पैसा रहेको छ।
