images
images

नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा 


  • 370
    SHARES
  • २०७९ मंसिर २४ गते शनिबार

    नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा 

    काठमाडौं । अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ।नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो। निर्धारित ९० मिनट र थपिएको ३० मिनेटको खेल दुई( दुई गोलको बराबरीमा सकिएपछि खेल टाइब्रकेरमा पुगेको थियोे।

    टाइब्रेकरमा अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले सुरुका दुई प्रहार रोकेका थिए। अर्जेन्टिनाको चौथो प्रहार गोल नभएपछि नेदरल्यान्ड्सको सम्भावना कायमै देखिएको थियो।

    तर पाचौँ प्रहारमा अर्जेन्टिनाका लौतारो मार्टिनेज चुकेनन्। टाइब्रेकरमा अर्जेन्टिनाको पहिलो प्रहार मेस्सीले गरेका थिए। नेदरल्यान्ड्सका कप्तान भान डायक भने पहिलो प्रहारमै चुके। स्टिभन बर्घुइसलाई पनि मार्टिनेजले निराश बनाएका थिए।

    त्यसअघि ३५ औँ मिनेटमा लियोनल मेस्सीको पासमा मोलिनाले गोल गर्दै अर्जेन्टिनालाई १–० गोलको अग्रता दिलाएका थिए । मोलिनाको यो पहिलो अन्तर्राष्ट्रिय गोल हो। उत्कृष्ट ड्रिबलिङ गर्दै अगाडि बढाएका मेस्सीले नेदरल्यान्ड्सको अफसाइड ट्रयाप बिट गरेका मोलिनालाई वन भर्सेस वन अवस्थामा पास उपलब्ध गराएका थिए।

    ७३ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गरेका हुन्। ८३ औँ मिनेटमा पहिलो गोल गरेको नेदरल्यान्ड्सले इन्जुरीबापत थपिएको १० मिनेटको अन्तिम समयमा दोस्रो गोल फर्काएर खेल बराबरीमा ल्याएको हो।

    ८३ औं मिनेटमा उट वेघोस्र्टले गोल गरेपछि नेदरल्यान्ड्स खेलमा फर्कने सम्भावना देखिएको थियो। अन्तिम समयमा नेदरल्यान्ड्सका वेघोस्र्टले नै गोल गर्दै अर्जेन्टिनालाई निराश बनाएका थिए। अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियासँग खेल्ने छ।

    प्रतियोगितामा मेस्सीको गोल संख्या ४ पुगेको छ। उनी विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा बाटिस्टुटाको १० गोलको कीर्तिमान पनि बराबरी गर्न सफल भएका छन ।


    images
    images

    Logo