images
images

क्रोएशिया विश्वकपको सेमिफाइनलमा, पेनाल्टी सुटआउटमा ब्राजिल पराजित


  • 1.2K
    SHARES
  • २०७९ मंसिर २३ गते शुक्रबार

    क्रोएशिया विश्वकपको सेमिफाइनलमा, पेनाल्टी सुटआउटमा ब्राजिल पराजित

    काठमाडौं । क्रोएशिया जारी विश्वकपको सेमिफाइनलमा पुगेको छ । ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै क्रोएशिया सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको हो । 

    खेलको पहिलो ९० मिनेटमा दुवै पक्षबाट कुनै गोल नभएपछि समय थप गरिएको थियो । थप समयको पहिलो हाफको अन्तिम मिनेटमा ब्राजिलका लागि नेयमारले १ गोल गरेर अग्रता लिएकोमा क्रोएशियाका पेटकोभिक ब्रुनोले ११७ औं मिनेटमा गोल फर्काएर बराबरी गर्दै खेललाई ट्राइ ब्रेकरमा पुर्याएको थियो । 

    ट्राइ ब्रेकरमा क्रोएशियाका गोलकिपरले पहिलो गोललाई उत्कृष्ठ रुपमा रोक्न सफल भएसँगै ब्राजिल दवाबमा परेको थियो । क्रोएशियाका लागि ४ जना खेलाडीले ४ गोल गर्दा चौथो पेनाल्टीमा ब्राजिलले गोल गर्नैपर्ने दवाव थियो । तर, ब्राजिलले हानेको चौथो पेनाल्टी पोलमा ठोकिएर बाहिरिएसँगै क्रोएशियाको जित सुनिश्चित भएको हो । 

    अब आज राती अर्को सेमिफाइनल अर्जेन्टिना र नेदरल्याण्डबीच हुनेछ । सो खेलमा जित हासिल गर्ने टिमसँग क्रोएशियाले सेमिफाइनल खेल्नेछ । 


    images
    images

    Logo