संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरुका लागि लोगो बनाउन लागेको छ । हपग ग्रहणका दिनसम्मा नवनिर्वाचित सांसदहरुलाई वितरण गर्नेगरि सो लोगो तयार गर्न लागिएको हो ।
२७५ जना सांसदका लागि बनाइएको सो लोगोमा २ लाल सुनको जलप र १ तोला चाँदीको लेप लगाइएको हुन्छ । त्यस्तै, उक्त लोगोको डिजाइन् वृत्ताकार आकारमा सुनौलो नेपालको नक्सा, त्यसअघि नेपालको झण्डा र त्यसलाई महिला र पुरुषको गरी दुई हात फैलाएर बोकेको भावसहितको हुन्छ भने तल्लो भागको किनारामा रातो अक्षरले ‘संघीय संसद नेपाल’ लेखिएको छ ।
उक्त डिजाइनमा बनेको एउटा लोगोको मूल्य ५ हजार ८ सय ३१ रुपैयाँ पर्छ । जसअनुसार २ सय ७५ सांसदका लागि सो लोयो तयार पार्दा १६ लाख ३ हजार ५ सय २५ रुपैयाँ खर्च हुने भएको छ ।
यसअघि बनाइएको लाृगोमो मूल्य भने प्रतिगोटा यसअघि ५ हजार ५ सय २७ रुपैयाँ परेको सचिवालयले जनाएको छ । हाल सुनको मूल्य बढेका कारण लोगोको मूल्य पनि बढ्न पुगेको हो ।



