images
images

बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित 


  • 321
    SHARES
  • २०७९ मंसिर २३ गते शुक्रबार

    बैंक अफ काठमाण्डूको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित 

    काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २८औं वार्षिक साधारण सभा भएको छ । शुक्रबार त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौंमा बैंकको साधारणसभा सम्पन्न भएको हो ।

    सभाले २०७८/७९ सम्मको संचित मुनाफाबाट २०७९ आषाढ मसान्तसम्ममा बैंकको कायम भएको चुक्ता पूँजीको ६ प्रतिशतका दरले बोनस शेयर र चुक्ता पूँजीको १४.९५ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पनि सर्वसम्मतिबाट पारित गरेको छ । 

    यसका अलावा सभाले ग्लोबल आइएमई बैंकसँगको सम्पूर्ण मर्जर प्रक्रिया समेत पारित गरेको छ । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन गरी मूल्यांकनकर्ताको सिफारिस गरेको शेयर स्वाप रेसियो १ः१ मा रहि मर्जरसम्बन्धी विषयमा संचालक समितिबाट भएका निर्णयहरु सम्बन्धमा सम्पूर्ण प्रस्तावहरु पारित गरेको छ ।

     


    images
    images

    Logo