काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पती शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा खोल्ने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
बैंकले माग १० गतेदेखि लागूहुनेगरि उक्त शाखा खोल्ने भएको छ । बैंकका अनुसार सम्पत्ति सुद्धीकरण तथा आतङकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निरीक्षण तथा सुपरिवेक्षण गर्नको लागि यस महाशाखाको स्थापना गर्न लागेको हो