काठमाडौं । ग्लोबल आइएमई बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई २ करोड ८ लाख रुपैयाँ तलब भत्ता दिएको छ । बैंकले सीईओ रत्न राज बज्राचार्यलाई उक्त रकम तलव भत्ता वापत दिएको हो ।
बैंकले एक वर्षमा बज्राचार्यलाई २ करोड ८ लाख ५८ हजार ४सय ९१ रुपैयाँ तलब भत्ता दिएको छ ।
बैंकले सीईओलाई तलब स्वरुप ७५ लाख ९६ हजार, भक्ता वापत ५० लाख ४० हजार, सञ्चयकोष ७ लाख ५९ हजार, बिदा बापतको भुक्तानी १० लाख ५३ हजार, दशै भत्ता १० लाख ५३ हजार गरेर १ करोड ५५ लाख रुपैयाँ बुझेका छन् ।
त्यस्तै, बैंकले सीईओ बज्राचार्यलाई कर्मचारी बोनस वापत ४९ लाख ७६ हजार ३ सय ३४ रुपैयाँ, टेलिफोन मोबाइल खर्च बापत ६६ हजार, सवारी साधन मर्मत खर्च ५५ हजार ४ सय १३ रुपैयाँ र इन्धन खर्च २ लाख ५८ हजार रुपैयाँ भुत्तानी गरेको छ ।
बैंकले अन्य सहायक प्रवन्धक तह सम्मका पदाधिकारीहरुलाई तलब, भत्ता र सञ्चय कोष समेत गरि २४ करोड २२ लाख ६१ हजार ६ सय रुपैयाँ प्रदान गरेको छ । साथै, बैंक नियम अनुसार इन्धन तथा मोवाईल सुविधा प्रदान गरिएको छ ।
बैंकले कम्पनी सचिवलाई पारिश्रमिक बापत १९ लाख ५० हजार रुपैयाँ भुक्तानी गरेको छ । अन्य भत्ता तथा सुविधाहरु बैंकको कर्मचारी सेवा विनियमावली तथा आर्थिक प्रशासन विनियमावली तथा सञ्चालक समितिले समय समयमा निर्णाय गरे बमोजिम प्रदान गरिएको बैंकले जनाएको छ ।



