images
images

विश्वकप फुटवलको क्वाटरफाइनल आजदेखि, कुन खेल कति बजे ?


  • 353
    SHARES
  • २०७९ मंसिर २३ गते शुक्रबार

    विश्वकप फुटवलको क्वाटरफाइनल आजदेखि, कुन खेल कति बजे ?

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलको क्वाटरफाइनल आजदेखि सुरु हुने भएको छ । आज पहिलो र दोस्रो क्वाटरफाइनल खेल हुनेछ । जसमा ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड्सबीच भिड्दै छन् । ब्राजिलले राउण्ड अफ १६ मा दक्षिण कोरियालाई हराएको थियो । साविक उपविजेता क्रोएसियाले जापानलाई हराएको थियो ।

    पहिलो क्वाटरफाइनल क्रोएसिया र ब्राजिलबीच राति ८:४५ बजे सुरु हुनेछ । यस्तै मध्यराति पौने १२:४५ बजे सुरु हुने दोस्रो क्वाटरफाइनलमा नेदरल्याण्ड्स र अर्जेन्टिना आमने–सामने हुनेछन् । यी दुई क्वाटरफाइनलका विजेता सेमिफाइनलमा भिड्नेछन् ।


    images
    images

    Logo