images
images

लाख नाघ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 474
    SHARES
  • २०७९ मंसिर २३ गते शुक्रबार

    लाख नाघ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । शुक्रवार छापावाला सुन प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । 

    बिहीवार ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ कायम गरिएको छ भने चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १ हजार ३ सय ९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo