images
images

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका बस्नेत निर्वाचित


  • 400
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमालेका बस्नेत निर्वाचित

    इलाम । इलाम–१ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेत विजयी भएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई हराउँदै एमाले जिल्ला कमिटी अध्यक्ष बस्नेत निर्वाचित भएका हुन् । 

    बस्नेतले २५ हजार सात सय ५० मत प्राप्त गर्नुभएको छ भने खनालले २३ हजार ८८ मत पाउनुभएको निर्वाचन अधिकृत राजकुमार दाहालले जानकारी दिए । उनले आधिकारिक घोषणा भने सोमबारमात्र गर्ने बताए ।

    अधिकृत  दाहालले भने, “हाल समानुपातिक तर्फको मतगणना भइरहेको छ । कतिपय मतदाताले प्रत्यक्षतर्फको मतपत्र समानुपातिकको ब्यालेट बक्समा खन्याएको पाइएकाले अन्तिम नतिजा भोलि मात्र सार्वजनिक गर्छौँ ।” 

    बस्नेत जनसांस्कृतिक मञ्च हुँदै एमाले राजनीतिमा आएका थिए । उनी इलाम नगरपालिकाको दुई कार्यकाल मेयर भइसकेका छन् । बस्नेत नेपाल नगरपालिका सङ्घको प्रदेश–१ संयोजकसमेत भएका छन्


    images
    images

    Logo