images
images

चुनाव लगत्तै बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी पनि ३ अर्बले बढ्यो


  • 298
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    चुनाव लगत्तै बढ्यो बैंकहरुको निक्षेप, कर्जा लगानी पनि ३ अर्बले बढ्यो

    काठमाडौं । चुनाव सकिए लगत्तै बैंकहरुको निक्षेप संकलन पनि बढेको छ । नेपाल बैंकर्ष संघका अनुसार चुनावको समयमा केहि घटेको निक्षेप चुनाव पछि पुनः बढ्न लागेको हो । 

    संघका अनुसार मंसिर २ गते ४५ खर्ब ५८ अर्ब रुपैयाँ रहेको बैंकहरुको निक्षेप संसिर ८ गते ४ अर्ब रुपैयाँले बढेर ४५ अर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ।

    त्यस्तै, सो अवधिमा बैंकहरुको कर्जा लगानी पनि ३ अर्ब रुपैयाँले बढेको छ । मंसिर २ गते ४२ खर्ब १९ अर्ब रुपैयाँ रहेको बैंकहरुको कर्जा लगानी ८ गते ३ अर्ब रुपैयाँले बढेर ४२ खर्ब २२ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।


    images
    images

    Logo