काठमाडौं ।दोलखाका १० वटा मतदान केन्द्रको मतदान रद्द भएको छ । मंसिर ४ गतेको मतदान रद्व भएका ती १० वटा मतदान केन्द्रमा पुनस् मतदान हुने भएको छ ।
रद्व भएकामा दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख रहेका छन् ।
त्यस्तै, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी ७ वटा मतदान केन्द्रको निर्वाचन पनि निर्वाचन आयोगको आइतबारको बैठकले रद्व गरेको छ । ती स्थानमा मंसिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय आयोगले गरेको छ ।
त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र मतदान रद्द गर्ने निर्णय पनि आयोगले गरेको छ । ती स्थानमा पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई आयोगले निर्देशन दिएको जनाएको छ ।



