images
images

१६ अर्ब ६३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक


  • 341
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    १६ अर्ब ६३ करोडको ट्रेजरी विल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले १६ अर्ब ६३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । बैंकले सोमबार १६ अर्ब ६३ करोडको ट्रेजरी विल जारी गर्ने भएको हो । 

    बैंकले ९१ दिनको लागि ३ अर्ब  १३ करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने बैंकले १८१ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । 

    त्यस्तै, ३६४ दिनको लागि ६ अर्ब ५० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । उक्त ट्रेजरी विल ९१ दिनको फागुन १६ गते परिपक्क हुनेछ भने १८२ दिनको अगामी जेठ १६ गते परिपक्क हुनेछ । त्यस्तै, ३६४ दिनको आगामी मसिंर १२ गते परिपक्क हुनेछ ।

    यो ट्रेजरी विल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ । उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिकले सहभागीता हुन सक्नेछन् ।


    images
    images

    Logo