भक्तपुर । भक्तपुरमा भएको सडक दुर्घटनामा परेर एक युवाको ज्यान गएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुर नगरपालिका १ का २८ वर्षीय सिजन फसिकवा रहेका छन् । उनको उपचारका क्रममा मध्यपुर थिमि अस्पतालमा मृत्यु भएको हो ।
शनिबार राति सवा ११ बजे मध्यपुर थिमि नगरपालिका ६ मा दुवाकोटबाट पुरानोथिमि आउँदै गरेको प्रदेश ३–०१–०२३ च ४२९३ गाडी र विपरीत दिशाबाट जाँदै गरेको बा १०प ९५०८ नम्बरको मोटरसाइकल ठक्कर खाएका थिए ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार भक्तपुर नगरपालिका ७ गोलमाडीका ३२ वर्षीय सुनिल ग्वाछा घाइते भएका छन् । उनको मध्यपुर थिमि अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुवै सवारी र गाडीका चालक दाताराम पहाडीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।