विरगंज । बिरगंज भन्सारस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा बलले चेकजाँचका क्रममा बहुमूल्य सामाग्री बरामद गरेको छ । नेपालबाट अबैध रुपमा भारततर्फ लैजादै गर्दा करिव १३ लाख ५४ हजार बराबरको सामाग्री बरामद गरेको गरेको हो ।
सशस्त्र प्रहरी निरीक्षक रविन्द्र प्रसाद भट्टका अनुसार, काठमाडौबाट बिरगंज हुँदै भारतको बोधगयातर्फ जादै गरेको भारत–नेपाल मैत्री बस चेकजाँच गर्ने क्रममा विरगञ्जस्थित ससस्त्र प्रहरीले बहुमूल्य सामाग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको टोलिले बरामद गरेका सामग्रीहरुमा विभिन्न किसिमको भगवानको बहुमूल्य मुर्तीहरु, तामाको जलपयुक्त बुद्धिष्टहरुले प्रयोग गर्ने माला तथा सामानहरु रहेको बताइएको छ । बरामद गरिएका बहुमूल्य सामाग्रीहरु वीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ भने सामाग्री ओसार पसारमा संलग्न गिरोहलाई आवश्यक कारवाहीका प्रकृया अगाडी बढाइएको छ ।
सशस्त्र प्रहरी निरीक्षक भट्टले बोर्डर आउट पोष्ट बिरगंज पर्सामा कमाण्ड सम्हालेको ३ महिनामा करिव २ करोड रुपियाँ बरावरका अवैध चोरी निकासीका सामान बरामद गरी भन्सार बुझाएको जनाइएको छ ।



