images
images

रामेछापका एक प्रतिनिधि सभासहित सबैमा गठबन्धनका उमेदवार विजयी 


  • 412
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    रामेछापका एक प्रतिनिधि सभासहित सबैमा गठबन्धनका उमेदवार विजयी 

    काठमाडौं । रामेछापमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभामा गठबन्धनका उमेदवार विजयी भएका छन्।एमाले उम्मेदवार कैलाशप्रसाद ढुङ्गेललाई १६ हजार ३ सय ६९ मतले पछिपार्दै नेपाली काँग्रेसका उम्मेदवार तामाङ निर्वाचित भएका हुन।

    १ लाख ८० हजार १ सय ६ मतदाता रहेको रामेछापमा ८८ हजार ६ सय ८० मत खसेको थियो । तामाङ ४७ हजार ९८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । तामाङको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले ३० हजार ७ सय २९ मत पाए । 

    प्रतिनिधिसभातर्फको मत गणना सम्पन्न हुँदा सदर मत ८३ हजार ८ सय ९९ रहेको छ । ४ हजार ७ सय ८१ मत बदर भएको छ । यस्तै प्रदेश क मा माओवादी केन्द्रका उमेदवार तारानारायण श्रेष्ठ विजयी भएका छन । श्रेष्ठले १७ हजार १ सय ४८ मत पाए । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका शान्ति पौडेलले १५ हजार १ एक सय ५७ प्राप्त गरे ।

    यस्तै प्रदेश ख मा गठबन्धनका तर्फका उमेदवार माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज चौलागाईंले एमालेमा मिलनकुमार घिसिङलाई पराजित गरेका छन। चौलागाईंले २१ हजार २ सय ३९ मत प्राप्त गर्दा घिसिङले १७ हजार ४ सय १३  मत प्राप्त गरे । चौलागाईं घिसिङ भन्दा ४ हजार ८ सय २६ मतान्तरले विजयी हुनु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।


    images
    images

    Logo