images
images

महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो निर्वाचित


  • 678
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    महोत्तरी–१ मा एमालेका लक्ष्मी महतो निर्वाचित

    महोत्तरी–१ मा नेकपा (एमाले)का लक्ष्मी महतो निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणना परिणामअनुसार उनले आफ्ना निकटतम् प्रतिष्पर्धी नेकपा (माओवादी केन्द्र)का गिरिराजमणि पोखरेलाई १ हजार ३१ मतले  उछिन्दै विजयी भएका हुन् ।

    महोत्तरी–१ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार नव निर्वाचित महतोले २४ हजार चार सय एक र पोखरेलले २३ हजार तीन सय ७० मत प्राप्त गरेका छन् । त्यसैगरी महोत्तरी–१ (१) प्रदेशसभा क्षेत्रमा एमालेकै शारदा थापा आठ हजार दुई सय ४५ मत प्राप्त गरी विजयी भएकी छिन् ।

    थापाका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका पिताम्वर महतोले सात हजार पाँच सय ८५ मत प्राप्त गरेको निर्वाचन अधिकृत गुणराज श्रेष्ठले जानकारी दिए । यो परिणाम सार्वजनिक भएसँगै जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका सबै क्षेत्रको प्रत्यक्षतर्फको गणना सकिएको छ । जिल्लामा चार प्रतिनिधसभा र आठ प्रदेशसभा क्षेत्र छन् ।


    images
    images

    Logo