images
images

डेनमार्कलाई पछि पार्दै  फ्रान्स नकआउट चरणमा


  • 333
    SHARES
  • २०७९ मंसिर ११ गते आइतबार

    डेनमार्कलाई पछि पार्दै  फ्रान्स नकआउट चरणमा

    दोहा ।  डेनमार्कलाई २–१ पराजित गर्दै  फ्रान्स विश्वकप २०२२ मा नकआउट चरणमा छनोट हुने पहिलो टिम बनेको छ ।

     समूह डी को खेलमा एम्बाप्पेको उत्कृष्ट दुई गोलमा फ्रान्स विजयी भएको हो । ६१ औं मिनेटमा  फ्रान्सलाई एम्वापेले ग्रता दिलाएका थिए । त्यसको सात मिनेट नबित्दै बार्सिलोनाका डिफेन्डर आन्द्रेस क्रिस्टिेनसेनले हेडर गोल गर्दै डेनमार्कलाई १–१ को बराबरीमा पुऱ्याए । 

    क्रिस्टियन इरिक्सनको कर्नरमा जोचिम एन्डरसनको हेडरपछि पाएको बललाई क्रिस्टेनसनले फ्रान्सेली डिफिेन्डर एड्रियन ऱ्याबियटलाई उछिन्दै पोष्टको दिशा दिएका थिए । 

    फ्रान्सको श्रृंखलाबद्ध आक्रामण र डेनमार्कको संगठित डिफेन्सको प्रतिस्पर्धा ४२ हजार ८ सय ६० दर्शकमाझ बराबरीतर्फ अग्रसर भइरहदा ८६ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को जितसहित अन्तिम १६ मा पुऱ्याएका हुन् । 

    उनले एन्टोइन ग्रिजमनको क्रसमा पोष्टनजिकबाट आफ्नो तीघ्राले बललाई गोललाइन पार गराउदै निर्णायक गोल गरेका थिए ।


    images
    images

    Logo