images
images

टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने


  • 240
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    टेस्लाले चीनबाट करिब १३ हजार मोडल ३ गाडी फिर्ता गर्ने

    बेइजिङ । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ ।

    फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १०,१२७  समावेश छन्।

    फिर्ता लिइएका सवारी साधनहरूमा बिक्री पछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पङ्क्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुनः स्थापना गरिएको बताइएको छ।

    सेवा केन्द्रले सेफ्टी बेल्टहरू पुनस् स्थापना गर्दा, बेल्ट बकलका केही निश्चित भागहरू जडान बोल्टहरूसँग फिक्स नगरिएको र सुरक्षा बेल्टले  दुर्घटना नियन्त्रणमा निरोधक भूमिका खेल्न नसक्ने दाबी गरिएको छ ।  

     


    images
    images

    Logo