images
images

इलाम–२, सुनसरी–४ र मोरङ–१ ले गर्नेछ गठबन्धनको बहुमत निर्धारण


  • 407
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    इलाम–२, सुनसरी–४ र मोरङ–१ ले गर्नेछ गठबन्धनको बहुमत निर्धारण

    काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत अहिलेसम्म १४७ स्थानको नतिजा आइसकेको छ । बाँकी १८ मध्ये ३ स्थानमा मतगणना सुरु भएको छैन भने १५ स्थानको मतगणना जारी छ । 

    मतगणना भइरहेका १५ मध्ये ३ क्षेत्र यस्ता छन् जसको परिणामको टुंगो छैन । अन्य क्षेत्रमा भने उम्मेदवारबीचको विशाल मतान्तरका कारण परिणामको लगभग निश्चित छ । 

    अनिश्चित भएका ती क्षेत्रहरु हुन्, इलाम–२, सुनसरी–४ र मोरङ–१ । इलाममा एमालेका सुवास नेम्वाङ र काँग्रेसका डम्मर खड्काबीच प्रतिस्पर्धा भइरहेको छ । 

    त्यस्तै मोरङमा एमालेका घनश्याम खतिवडा र काँग्रेसका डिगबहादुर लिम्बु तथा सुनसरीमा एमालेका जगदीशप्रसाद कुसियत र काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीबीच प्रतिस्पर्धा भइरहेको छ । 

    चुनावी अंकगणितमा यी ३ क्षेत्रको यति महत्व छ कि यी तीनवटै क्षेत्रमा चुनाव जित्दा मात्रै वर्तमान सत्ता गठबन्धनको बहुमत पुग्छ । 

    यी ३ वटै क्षेत्र जित्दा काँग्रेसको प्रत्यक्षतर्फ ५७ सिट हुन आउँछ । माओवादीले १८ सिट जित्ने निश्चित हुँदा एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितिसकेका छन् । यो सबै जोड्दा कुल ९० मत हुन आउँछ । 

    समानुपातिकको पछिल्लो मतपरिणामलाई हिसाब गर्दा काँग्रेसले ३४ र माओवादीले १५ सिट पाउने देखिन्छ । यो अवस्थामा प्रत्यक्षतर्फ ९० सिट जिते मात्रै यी ५ दलको बहुमत पुग्छ । 


    images
    images

    Logo