रुपन्देही । बालकृष्ण खाँणले रुपन्देही–३ बाट हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरासँग पछाडि परेका हुन् । जारी मतगणनामा गन्न बाँकी मत र राप्रपा उम्मेदवार दीपक बोहोराको अग्रता लगभग उस्ताउस्तै भएकाले खाण हार्ने निश्चित भएको हो।
अहिलेसम्म करिब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सय मतको अग्रता कायम राखेका छन् ।अब बाँकी रहेका सबै मत कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन ।