images
images

कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित


  • 327
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    कपिलवस्तु–२ मा कांग्रेसका आचार्य निर्वाचित

    काठमाडौं । कपिलवस्तु निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य पदमा नेपाली कांग्रेसका सुरेन्द्रराज आचार्य निर्वाचित भएका छन् ।

    आचार्यले नेकपा (एमाले)का बृजेशकुमार गुप्तालाई पराजित गरेका हुन् । उनले ३९ हजार १४ मत ल्याएर विजयी हुँदा पराजित भएका गुप्ताले ३८ हजार ६ सय ९७ मत पाएका छन् । 
     
    यस्तै कपिलवस्तु–२ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका सुधाकर पाण्डेय निर्वाचित भएका छन् । उनले ८ सय ९१ मतान्तरले निर्वाचित भएका हुन् । पाण्डेयले १४ हजार १ सय ८५ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धर्मबहादुर लाल श्रीवास्तवले १३ हजार ३ सय ९४ मत प्राप्त गरेका छन् ।


    images
    images

    Logo