images
images

सप्तरीबाट प्रतिनिधिसभामा दुई कांग्रेस, एक/एक स्थानमा जनमत र जसपा


  • 308
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    सप्तरीबाट प्रतिनिधिसभामा दुई कांग्रेस, एक/एक स्थानमा जनमत र जसपा

    काठमाडौं। चार निर्वाचन क्षेत्र रहेको सप्तरीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसले दुई, जनमत र जसपा पार्टीले एक/एक सिट जितेका छन  । 

    जिल्ला निर्वाचन कार्यालयका अनुसार सप्तरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका तेजुलाल चौधरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २३ हजार ४ सय ९१ मत प्राप्त गरी तेस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  

    उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका बालकिशोर यादवले १७ हजार नौ सय ७७ मत प्राप्त गरेका छन् । कांग्रेसका चौधरीले २०७४ सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । तत्कालीन राजपाका मृगेन्द्रसिंह यादवलाई पराजित गर्दै २४ हजार १ सय १३ मत प्राप्त गरी उनले विजयी भएका छन् ।  यसअघि उहाँ २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।  

    क्षेत्र नं ३ को प्रतिनिधिसभा पदमा नेपाली कांग्रेसकै उमेदवार दिनेशकुमार यादव २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का ताराकान्त चौधरीले २२ हजार ३ सय मत ल्याउनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सप्तरी–२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत विजयी भएका छन् । जनमत पार्टीका अध्यक्ष राउतले ३५ हजार ४२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष यादवले १६ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । 

    जसपा अध्यक्ष यादवको भन्दा राउतले १८ हजार ६३ मत बढी ल्याएर विजयी हुुनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ  । त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार नवलकिशोर साह सप्तरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । जसपाका साहले २३ हजार पाँच सय ६४ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

    उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९ सय ९२ मत प्राप्त गरे । सप्तरीमा ८ वटा प्रदेशसभा सदस्य सिट रहेकोमा यसको पनि मतगणना सकिएको छ । अन्तिम मतपरिणामअनुसार प्रदेशसभा १ को (१) मा एमालेका राजकुमार लेखी र (२) मा जनमतका सकिल मियाँ, प्रदेशसभा २ को (१) मा जनमतका सतिशकुमार सिंह र (२)० मा जनमतकै महेशप्रसाद यादव निर्वाचित भएका छन् । 
       
    यस्तै प्रदेशसभा ३ को (१)मा कांग्रेसका मोहम्मद समिम र (२) मा जनमतका शम्भुकुमार साह तथा प्रदेशसभा ४ को (१) मा एकीकृत समाजवादीका गोविन्द न्यौपाने र २ मा स्वतन्त्र उम्मेदवार अनिरुद्धप्रसाद सिंह निर्वाचित भएका हुन् ।
     
        
    सप्तरी निर्वाचन क्षेत्र नं १ मा १ लाख १३ हजर ९ सय ९५ मतदाता रहेकोमा ७४ हजार ५ सय ५३ मत खसेको थियो । सप्तरी क्षेत्र नं २ मा भने ९५ हजार ३ सय ९४ मध्ये ६४ हजार दुई सय  ७७ मत खसेको छ र सप्तरी क्षेत्र नं ३ मा १ लाख ४ हजार ८ सय ९२ मतदाता रहे पनि ७१ हजार ३ सय ३१ मत खसेको जिल्ला निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ । यस्तै सप्तरी क्षेत्र नं ४ मा भने १ लाख ४ हजार ८ सय ९३ मतदाता रहेको भए पनि यस क्षेत्रमा ६९ हजार ३९ मत खसेको थियो । 


    images
    images

    Logo