काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चुनावी खर्च सार्बजनिक गरेका छन् । चितवन–२ बाट चुनाव जितेका लामिछानेले आफ्नो ११ लाख ८१ हजार ४ सय ७२ खर्च भएको बताएका हुन् । पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब नजोडिएको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले औपचारिक सपथग्रहणको दिनसम्म आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताएका छन् । साथै लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने दाबी गर्दै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने बताएका छन् ।
यसका साथै प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने उनी आफै उपस्थित हुने बताएका छन् ।



