images
images

प्रत्यक्षमा कांग्रेस ४९ सिटजित्दै पहिलो, समानुपातिकमा एमाले अघि


  • 647
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    प्रत्यक्षमा कांग्रेस ४९ सिटजित्दै पहिलो, समानुपातिकमा एमाले अघि

    काठमाडौं ।  प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नजिता आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार शनिबार बिहान ९ बजेसम्म सार्वजनिक मतपरिणामअनुसार पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ नेपाली कांग्रेस पहिलो स्थानमा छ । त्यसैगरी  एमाले दोस्रो स्थानमा कायम छ। प्रत्यक्षतर्फ कांग्रेसले ४९ र एमालेले ३८ सिट जितेका छन्। 

    समानुपातिक निर्वाचन प्रणालीतर्फ भने एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन्। बिहान ९ बजेसम्म एमालेले सबैभन्दा बढी १७ लाख ७३ हजार ९ सय ८२  मत पाएको छ। यसैगरी कांग्रेसले १७ लाख ११ हजार ५ सय ८१ मत ल्याएको छ। 

    यस्तै प्रत्यक्षतर्फ १६ सिट जितेर तेस्रो भएको नेकपा माओवादी केन्द्र समानुपातिकमा चौथो स्थानमा छ। यस्तै प्रत्यक्षतर्फ १० सिट जितेको नेकपा एकीकृत समाजवादी समानुपातिकतर्फ ३ प्रतिशत मत पुर्‍याउन सकेको छैन।प्रत्यक्षमा ७ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) समानुपातिकतर्फ माओवादीलाई पछि पार्दै तेस्रो स्थानमा छ।


    images
    images

    Logo